मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
गुम्बा गाउँ वर्षौंदेखि टेलिफोनबाट बन्चित


बाजुरा, भदौ ३० । बाजुरा जिल्ला भौगोलिक हिसाबले पछाडि परेको हिमाली गाउँपालिका -३ गुम्बा गाउँ मानिन्छ । गुम्बा गाउँका ३५ घरपरिवार टेलीफोन सेवाबाट बन्चित रहेका छन । जिल्लाभर धेरै जसो गाउँ घरमा टेलिफोन टावर सहित फ्रोजी जडान सहित ईन्टरनेट पहुँचमा छन
गुम्बा गाउँका मान्छे अहिलेसम्म टेलीफोन गर्न घरको बाहिर मोबाईल झुन्डिएर फोन गर्नुपर्ने बाध्यता छ । गाउँबाट बाहिर कसैलाई फोन सम्पर्क गर्न पनि घरको धुरी तथा अग्ला डाँडामा गएर फोन गर्नुपर्ने स्थिति अहिलेसम्म जस्ताको त्यस्तै छ ।
गाउँमा टेलिफोन टावर निर्माण गरिदिएको भए टेलिफोन गर्न सजिलो हुन्थ्यो । दुनियाँ नेट ईन्टरनेट भरमा भएपनि गुम्बा गाउँ अहिले फोन गर्नका लागि टेलिफोन टावर निर्माण हुन सकिरहेको छैन । गाउँमा टेलिफोन टावरको मुख्य समस्या हुँदा हरेक सूचना आदानप्रदान गर्न गार्हो स्थिति भएको स्थानीय जगत लामाले बताएका छन । टेलिफोन बाट बन्चित भएको कारणले गाउँ बाहिर खबर समय जानकारी हुन सकिरहेको छैन ।
अहिले धेरै जसो घरको अगाडि मोबाईल झुन्डियार टेलिफोनबाट कुराकानी गरिरहेका छन । देश विदेश नयाँ कुराहरु नेट ईन्टरनेटबाट खबर आदानप्रदान हुने जमानामा गाउँ टेलिफोनमा जोडिन गाह्रो परिस्थिति आएको छ । गाउँमा बिजुलि बत्ति नहुदा सोलार टुकी प्रयोग गरेर बस्ने गरेका छन । धेरै पहिलेदेखि विद्युत सेवाबाट टाढा हुँदा गाउँमा अध्यारोमा बस्नुपर्ने बाध्यता भएको गुरुङले बताए ।
गुम्बा गाउँमा अहिलेसम्म पनि सडक संजाल जोडिएको छैन । सडक संजालबाट बन्चित भएपछि गुम्बा गाउँमा खाद्यान्न सामाग्री खच्चरमा ढुवानी गरेर लिने गर्छन् । धेरै जसो मान्छे चामल, नुनु र तेल लगायत सामानहरु पिठ्युँबोकेर खाने गरेका स्थानीय नरबहादुर गुरुङ बताएका छन । गाउँपालिका केन्द्रबाट गुम्बा गाउँ जाने दुई दिन पुरा लाग्छ ।






















