चिनियाँ नागरिकको विदेश यात्रासम्बन्धी नियम थप कडा

एजेन्सी

सारांश
बेइजिङ । चीनले आफ्ना नागरिकको विदेश यात्रासम्बन्धी नियम थप कसिलो बनाएको छ।
सोमबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा वा राष्ट्रिय हितमा असर पुऱ्याएको ठहर भएका चिनियाँ नागरिकलाई स्वदेश फर्किसकेपछि तीन वर्षसम्म चीनबाट बाहिर जान रोक लगाउन सकिनेछ।
राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा, जोखिमपूर्ण गन्तव्यको भ्रमण नियन्त्रण तथा विदेशमा हुने ठगी, जुवा र अन्य गैरकानूनी गतिविधिबाट नागरिकलाई जोगाउन नियम ल्याइएको उनीहरूको भनाइ छ। तर केही चिनियाँ नागरिकले यसअघि नै अस्पष्ट कारण देखाएर वर्षौँसम्म यात्रामा प्रतिबन्ध भोग्नुपरेको बताएका छन्।
नयाँ व्यवस्थाले विदेशमा रहेका चिनियाँ नागरिकमाथि सरकारको नियन्त्रण अझ बढाउन सक्ने विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्। हङकङ विश्वविद्यालयको सेन्टर फर एसिया ल का कार्यकारी निर्देशक डोन सेन्टसको धारणा छ, ‘यो नियम विदेशमा चिनियाँ नागरिकले सरकारविरुद्ध गर्ने प्रदर्शन वा अधिकारसम्बन्धी गतिविधि नियन्त्रण गर्ने अर्को माध्यम बन्न सक्छ।’

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ

हुम्लामा गएरातिदेखि हिमपात, जनजीवन प्रभावित
अरुपनि पढ्नुहोस
सबै
देशभर १७ विपद्का घटना, तीनको मृत्यु

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी















