चितवन गोल्डकप फुटबल भोलिदेखि सुरु हुँदै

नवलपुर टुडे

सारांश
खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको भरतपुर महानगरपालिकाका नगर प्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक धुर्व भुसालले जानकारी दिए । असोज ३ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, मलेसिया र भुटानका गरी ८ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार र विधागत उत्कृष्टले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक दिनको प्लेयर अफ दि म्याचले केल्मी चितवनको तर्फबाट ५ हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो चरणदेखि सेमिफाइनलसम्मको खेल हेर्नका लागि एक सय तथा फाइनलको लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पूर्ण खेल गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















