कपिलवस्तु । महाराजगञ्ज नगरपालिका–२, गैडहवामा आफ्नै सालामाथि छुरा प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान करिब ११ बजे कपिलवस्तु नगरपालिका–७ धरमपनियाका ३७ वर्षीय प्रदीप कोरीले आफ्नै १८ वर्षीय साला अजय कोरीमाथि छुरा प्रहार गरेका हुन्।
घटनापछि भाग्ने प्रयास गरेका प्रदीपलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। छुरा प्रहारबाट अजयको घाँटी र दाहिने हातमा चोट लागेको छ। उनको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते अजयको अवस्था खतरामुक्त रहेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















