Opens in a new tab

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर महानगर

रासस

29Shares

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्‍याएकाे छ। बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो।

महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उनले बताए।

उनले भने, “धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुुर पनि भेटिएका छन् । नदी किनारका बस्तीमा दुर्गन्ध फैलिन थालेकाले व्यवस्थापन गर्न आवश्यक देखेपछि काम थालेका हौँ ।”

प्रहरी नायव उपरीक्षक ढकालका अनुसार भरतपुर महानगरपालिका-१ देवघाट (ठिमुरा) बाट गोलाघाटसम्म बस्ती नजिक भेटिएका मृत पशुलाई बस्तीभन्दा केही टाढा लगेर व्यवस्थापन गरिँदैछ । बस्ती नभएको स्थानमा भेटिएका मृत पशुलाई भने पशु प्राविधिकको समन्वयमा सोही स्थानमा गाड्ने गरिएको उनले जानकारी दिए।

हाल दैनिक पाँचदेखि सात वटासम्म मृत पशुको व्यवस्थापन भइरहेको छ। मृत पशुको व्यवस्थापनका लागि महानगर प्रहरीसँगै महानगरपालिकाका भेटेरिनरी प्राविधिकसमेत खटिएका छन्। भदौ १० गतेदेखि महानगर प्रहरीको टोली बाढीमा बेपत्ता भएका मानिसको शव खोजी तथा व्यवस्थापनमा पनि खटिएको छ। अहिले मानिससँगै बगेका मृत पशुचौपायाको व्यवस्थापनमा टोली निरन्तर लागि रहेको प्रमुख ढकालले बताए।

कञ्चनपुरमा बाघ धपाउन हात्ती परिचालन

२०८३ कार्तिक ८ | मध्यान्ह ०७:०७ बजे

एनपिएल तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा

२०८३ कार्तिक ८ | मध्यान्ह ०५:०७ बजे

भारतको अरुणाचलमा झडप, ४० प्रहरी घाइते

२०८३ कार्तिक ८ | मध्यान्ह ०४:०७ बजे

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

अरुपनि पढ्नुहोस

सबै

बैतडीमा भूकम्पको धक्का

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

रौतहटमा नेकपा एमालेको जागरण अभियान

२०८३ कार्तिक ८ | मध्यान्ह ०३:०७ बजे

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

२०८३ कार्तिक ८ | बिहान ११:०७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

२०८३ कार्तिक ८ | बिहान १०:०७ बजे