हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

एजेन्सी

काठमाडाैँ । दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुजको जलघाँटीमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विकल्पबारे विचार गरिरहेको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ । यद्यपि, यसबारे कुनै निर्णय भइनसकेको कार्यालयले स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि पटकपटक दबाब दिँदै आएका छन् । सियोलले यसअघि हर्मुज सुरक्षाका लागि सैन्य सहयोग गर्ने अमेरिकी आग्रह अस्वीकार गर्दै आएको थियो ।
स्थानीय प्रसारक जेटीबीसीले दक्षिण कोरियाले हर्मुजमा सेना पठाउने विषयमा विचार गरिरहेको र त्यसका लागि संसद्को स्वीकृति लिनुअघि विवरणको समीक्षा गर्ने तयारी गरेको समाचार प्रसारण गरेको थियो ।
अमेरिका र इजरायलले करिब ६ महिनाअघि इरानविरुद्ध युद्ध सुरु गरेपछि राष्ट्रपति ट्रम्पले सहयोगी मुलुकबाट सैन्य तथा सुरक्षा सहयोग जुटाउन प्रयास गरिरहेका छन् । इरानले रणनीतिक महत्त्वको हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कडा बनाउँदै आएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















