एनआरएनए एनसीसी यूएईद्वारा बाढीपीडितका लागि ११ लाख ३५ हजार रुपैयाँ सहयोग

कबिराज राजबंशी
सारांश

प्रवास दुबई, यूएई |
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. ११ लाख ३५ हजार २४९ सहयोग गरेको छ।
एनआरएनए एनसीसी यूएईले संकलन गरेको उक्त रकम एनआरएनए आईसीसी मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल जङ्ग कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेत लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको हो।
यसैबीच, एनआरएनए एनसीसी यूएईका महासचिव कमल जङ्ग कार्कीले उक्त सहयोगसम्बन्धी जानकारी नवलपुर टुडेलाई दिनुभएको हो। प्रवासी नेपाली समुदायले विपद्का समयमा मातृभूमिका नागरिकलाई सहयोग गर्दै आएको उल्लेख गर्दै एनआरएनए एनसीसी यूएईले आगामी दिनमा पनि आवश्यक मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















