बेलायती प्रधानमन्त्री किएभ जाँदै


काठमाडाैँ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार किएभ भ्रमण गर्गे भएका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । भ्रमणका क्रममा उहाँले रुसविरुद्धको युद्धमा युक्रेनलाई बेलायतको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नेछन्।
प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार बर्नह्यामले युक्रेनलाई सहयोग गर्ने देशहरूको समूह ‘कोएलिसन अफ द विलिङ’ को पहिलो बैठकको किएभमा सहअध्यक्षता गर्नेछन्। बैठकमा केही सहभागी प्रत्यक्ष र केही भिडियोमार्फत जोडिनेछन्।
बेलायती प्रधानमन्त्रीले युक्रेनको स्वतन्त्रता दिवसमा बेलायत आवश्यक परेसम्म युक्रेनी जनताको साथमा रहने बताए। वर्गीकृत जानकारी उपलब्ध गराउने निर्णयले युक्रेनमै क्षेप्यास्त्र संयोजन अघि बढाउन सहयोग पुग्ने र ‘प्रोजेक्ट ब्रेकस्टप’ मार्फत कम लागतमा उन्नत लामो दूरीका हतियार विकास गर्ने बेलायती प्रयासलाई बल पुग्ने बताइएको छ।
बर्नह्यामको भ्रमण युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लन्डन भ्रमण गरेको केही सातापछि हुन लागेको हो । उक्त भ्रमणका क्रममा बेलायतले ‘स्टोन क्लोक’ नामक नयाँ इलेक्ट्रोनिक जामिङ प्रविधिसम्बन्धी जानकारी युक्रेनसँग साझा गर्ने घोषणा गरेको थियो । ड्रोनमा जडान गर्न सकिने उक्त सैन्य उपकरणले रूसी वायु रक्षा प्रणालीलाई ड्रोन पहिचान तथा लक्षित गर्न कठिन बनाउने बताइएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेयता बेलायत किएभको प्रमुख समर्थक रहँदै आएको छ । बेलायतले युक्रेनलाई हालसम्म करिब २५ अर्ब पाउन्ड सहयोग उपलब्ध गराएको छ । उक्त सहयोगमा करिब १६ अर्ब पाउन्ड सैन्य सहायता रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।






















