जाजरकोट जीप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

नवलपुर टुडे


काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा नलगाड नगरपालिका-१० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् ।
जाजरकोटकझ नलगाड नगरपालिका-७, दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा उक्त दुर्घटना भएको हो । बिहीबार (भदौ ४) साँझ करिब ६:३० बजे नलगाड नगरपालिका ९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जीप चालक नलगाड नगरपालिका ८ हलचौर बस्ने २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार रहेकोमा राति नै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा


मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
अरुपनि पढ्नुहोस
सबै
बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
















