सुनखानीमा पुरिएर मर्नेको सङ्ख्या १०० पुग्यो

एजेन्सी


बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा सुनखानी भत्किँदा सय भन्दा बढी मानिसको मृत्यु भएको छ । मंगलबार क्यामरुनको सीमाना नजिकै रहेको जाम्बोये गाउँमा रहेको सो सुनखानीमा दूघर्टना भएको स्थानीय अधिकारी तथा रेडक्रसका स्वयंसेवकले बताएका छन् ।
उक्त स्थान मध्य अफ्रिकी गणतन्त्रको बाबुआ सहरबाट करिब ५० किलोमिटर टाढा र क्यामरुनको पूर्वी क्षेत्रमा पर्ने गारुवा–बुलाइबाट केही किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । उद्धार कार्यमा संलग्न रेडक्रस स्वयंसेवक गेर्भे गानागोरोहले बुधबार १०० भन्दा बढी शव निकालिएको बताएका छन् ।
स्थानीय अधिकारी बट्र्रान्ड बे याङ्गेले भग्नावशेषमुनि पुरिएका मानिसलाई जीवितै उद्धार गर्नु चमत्कारजस्तै हुने बताए । उनले परिवारको आर्थिक अवस्था सुधार्ने आशामा खानीमा काम गर्न पुगेका युवा पुरुष तथा महिलाको मृत्युले आफूहरू अत्यन्त दुःखी भएको बताए । घटनालाई ‘भयानक’ भन्दै नाना–माम्बेरे प्रिफेक्चरका उपमेयर सुलेमान बिले उद्धार तथा राहतका लागि विभिन्न संघसंस्था र सहयोगीहरूलाई अपिल गरेका छन् ।
खानीमा काम भइरहेका भूमिगत सुरुङहरू एकै पटक भत्किएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घटनाबारे न्यायिक अनुसन्धानसमेत सुरु गरिएको छ । घटनास्थलमा काम गर्ने एक खानी मजदुर सेड्रिक म्बाङ्गोले दुर्घटनालाई ‘विनाशकारी’ भनेका छन् । उनका अनुसार जमिन पूर्ण रूपमा भत्किएर मानिसहरू पुरिएका र उद्धार प्रयास जारी रहे पनि केही मानिस अझै भग्नावशेषमुनि रहेको अनुमान छ ।
मध्य अफ्रिकी गणतन्त्रमा साना तथा अनौपचारिक खानीहरूमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । सरकारी नियन्त्रणबाहिर हजारौँ मानिस साना स्तरको खानी उत्खननमा संलग्न छन् । खानी मजदुरहरूसँग पर्याप्त सुरक्षा उपकरण नहुने र कमजोर संरचनामा काम गर्नुपर्ने भएकाले सुरुङ भत्किने तथा अन्य दुर्घटनामा ठुलो मानवीय क्षति हुने गरेको छ ।

हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















