राजनीति

कांग्रेसका पूर्वसभापति देउवा आज १२:२५ मा ल्यान्ड हुने, ठुलो संख्यामा कार्यकर्ता स्वगतमा उतारिने

नवलपुर टुडे
२०८३ साउन २८ | बिहान १०:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ५ महिना लामो विदेश बसाईपछि आज स्वदेश फर्कँदै छन्। उनी हङकङबाट स्वदेश फर्किन लागेका हुन्। उनी थाइ एयरको विमानमार्फत आज मध्याह्न १२:२५ बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने  छन्।

उनलाई कांग्रेस संस्थापन इतर पक्षले विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको छ। त्यसका लागि ठूलो संख्यामा समर्थकहरू त्रिभुवन विमानस्थल पुग्न उर्दी जारी गरिएको छ। देउवालाई स्वागतका लागि भेला हुनका लागि विभिन्न स्थान तोकिएको छ।

त्रिभुवन विमानस्थल प्रवेश गर्ने मुख्य गेट अगाडीको खाली ठाउँ, तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँ लगायत एयरपोर्ट वरिपरि समर्थकहरु जम्मा भएर बाजागाजासहित देउवाको स्वागतमा जाने तयारी गरिएको छ।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। उनी भदौ २४ गतेको जेनजी आन्दोलनमा सांघातिक हमलामा परी घाइते भएका थिए। सिंगापुरबाटै थप उपचारका लागि भनेर पत्नी आरजु राणा देउवासहित हङकङ पुगेका थिए।

उनले यसअघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए। तर देउवा फर्किदा देउवा पत्मी आरजु भने नफर्किने जनाइएको छ।

कमेन्टहरु