धनुषामा नियमित कोटाको रसायनिक मल वितरण गरिँदै

रासस


जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो ।
मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको यही साउन ११ गते निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।
मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोस्रो साता थप युरिया र डिएपी मल प्राप्त भएकाले मलको अभाव हटेको उनको भनाइ छ । उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम धनुषामा हाल २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको छ ।
सुनसरी र सिरहाको घटनापश्चात् स्थानीय प्रशासनहरूले जारी गरेको कर्फ्यु र निषेधाज्ञाका कारण केही दिन मलको ढुवानी हुन नसक्दा केही समस्या भए पनि विस्तारै ढुवानी सुरु भइसकेकोले मल सहज भएको उनले बताए ।

हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















