दुर्घटना

दाङमा टिपरको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु

नवलपुर टुडे
२०८३ साउन २१ | मध्यान्ह ०६:०४ बजे

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित नायकमार्ट नजिक बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । रा १ ग ३२ नम्बरको टिपरले रा ४ प ७९४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–११ कटाह निवासी २१ वर्षीया कल्पना केसी गम्भीर घाइते भएकी थिइन्।

उनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कुटर र कप्र ०२–००३ प २४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि स्कुटर सडकमा लडेको र त्यसपछि टिपरले पुनः ठक्कर दिँदा दुर्घटना भएको खुलेको छ । घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु