रुसका तीन वटा तेल प्रशोधन केन्द्र र जहाजमा युक्रेनको आक्रमण

एजेन्सी


किभ । युक्रेनले रुसका तीन वटा तेल प्रशोधन केन्द्र र एक प्रतिबन्धित मालवाहक जहाजलाई ड्रोन आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी ड्रोनले रुसको बाश्कोर्तोस्तान गणराज्यस्थित तीन वटा तेल प्रशोधन केन्द्रमा सफल आक्रमण गरेको बताएका हुन् ।
ती रिफाइनरीहरू युक्रेनको सीमाबाट करिब १ हजार ६०० किलोमिटर टाढा रहेका छन् र प्रत्येक वर्ष लाखौँ टन तेल प्रशोधन गर्ने क्षमता राख्ने गरेको बताइएको छ । जेलेन्स्कीले यानिना नामक प्रतिबन्धित रुसी कन्टेनर जहाज पनि युक्रेनी ड्रोन आक्रमणपछि कालो सागरमा डुबेको दाबी गरेका छन् ।
रुस र युक्रेनबिच युद्ध सुरु भएयता यस्तो घटना २३ औँ पटक भएको बताइएको छ । विद्युत् केन्द्र बन्द भए पनि त्यहाँ रहेका आणविक सामग्री सुरक्षित राख्न शीतलन प्रणाली सञ्चालन गर्न बाह्य विद्युत् आवश्यक पर्ने बताइएको छ । युक्रेनले क्रिमियातर्फको ऊर्जा र आपूर्ति प्रणालीमा लगातार आक्रमण गरेपछि त्यहाँका धेरै क्षेत्रमा लामो समयदेखि बिजुली र इन्धन अभाव भएको छ ।
यसको असर स्वरूप सर्वसाधारणले सामूहिक भान्सामा पकाइएको तातो खाना लिन सडकमा लाइन बस्नुपरेको छ । स्थानीय बासिन्दाहरूका अनुसार धेरै दिनसम्म बिजुली नहुँदा घरमा खाना पकाउन कठिन भएको छ ।
यसैबिच, रुसी आक्रमणबाट युक्रेनको राजधानी किभमा मृत्यु हुनेको सङ्ख्या बढेको छ भने क्रिमियामा बिजुली र इन्धन सङ्कटका कारण सर्वसाधारणले खाना लिन लामो लाइन बस्नुपरेको छ ।
रुसले शुक्रबार राति किभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । सोलोमियान्स्की जिल्लामा पाँचतले आवासीय भवनमा क्षति पुग्दा दुई जनाको मृत्यु भएको छ । डार्नित्स्की जिल्लामा थप सात जनाको ज्यान गएको र १४ जना घाइते भएका छन् । उद्धार टोलीले धेरै मानिसलाई भवनबाट सुरक्षित बाहिर निकालेको जनाएको छ ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई थप प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग पुनः आग्रह गरेका छन् । उनका अनुसार पछिल्लो रुसी आक्रमणमा प्रहार गरिएका २७ वटा ब्यालिस्टिक मिसाइलमध्ये युक्रेनले केवल एउटा मात्र खसाल्न सफल भएको र हवाई प्रतिरक्षा प्रणालीको अभावले ठुलो जनधनको क्षति भइरहेको छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















