श्रमदानबाट सडक सुरक्षित बनाउन जुटे स्थानीय

नवलपुर टुडे


झापा । झापाको राजगढ बजारदेखि घोडामारा बजारसम्म सडक किनारमा फैलिएको झाडीका कारण दुर्घटनाको जोखिम बढेपछि स्थानीय युवा आफैँ श्रमदान गर्न जुटेका छन् । सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि व्यवस्थापन नभएपछि उनीहरूले सडक किनारका झाडी र बुट्यान हटाएर शनिबारबाट सडकलाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेका हुन् ।
राजगढदेखि घोडामारा बजारसम्म सञ्चालन गरिएको श्रमदान अभियानमा स्थानीय बासिन्दा, व्यापारी, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता थियो । अभियानअन्तर्गत सडक किनारमा फैलिएका झाडी, बुट्यान र अनावश्यक घाँस हटाएर सडकलाई सफा र व्यवस्थित बनाइएको छ ।
अभियानमा सहभागी एक स्थानीय युवा विवेक राजवंशीले भने, “सुरक्षित सडकका लागि सरकारी निकायको मात्र प्रतीक्षा गर्नु हुँदैन । समुदाय आफैँ अग्रसर हुँदा स्थानीय समस्या छिट्टै समाधान गर्न सकिन्छ भन्ने सन्देश दिन हामी श्रमदानमा जुटेका हौँ ।”

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















