रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी


किएभ । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।
दुई दिनअघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।
यसैबीच, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गरे ।
शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीमा उनले यसै साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताए ।
“रुसी हवाई आक्रमण निरन्तर भइरहेका छन् । विशेष गरी ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि इन्टरसेप्टर प्राप्त गर्नु हाम्रो उच्च प्राथमिकता हो,” जेलेन्स्कीले टेलिग्राममार्फत बताए ।
गत जुलाईमा अङ्कारामा सम्पन्न नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउने सङ्केत दिएका थिए । तर शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले यसबारे अन्तिम निर्णय भइनसकेको बताए ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















