जनकपुरमा बिहान ८ बजेसम्म खुकुलो बनाइयो कर्फ्यु

नवलपुर टुडे


जनकपुर । जनकपुरमा जारी कर्फ्यु केही समयका लागि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाले बिहीबारबाट जारी गरेको कर्फ्यु बिहान ६ देखि ८ बजेम्मका लागि केही खुकुलो बनाएको हो । कर्फ्युको समयमा आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउन बिहान ६ बजे देखि ८ बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक बस्तुहरू खरिद गर्न आंशिक रुपमा खुकुलो गरिएको छ । यस समयभित्र सामान खरिद गरी आफ्नो निवासतर्फ फर्कन पनि प्रशासनले आग्रह गरेको छ ।
कर्फ्युको समयमा अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवबहान, पानी तथा दूध बोकेका सवारीलगायत अत्यावश्यक सेवाहरु सुचारु हुने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तिर्थयात्री, बिरामी, एयरपोर्ट जाने र फर्कने यात्रु तथा तिनलाई लिनजाने ब्यक्तिलाई परिचयपत्र वा प्रमाण बोकेर आवतजावत गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















