सिरहा घटनाको छानबिनका लागि ३ सदस्यीय समिति गठन

नवलपुर टुडे


सिरहा। सिरहामा बिहीबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । घटनाको छानबिनका लागि मधेस प्रहरी कार्यालय जनकपुरबाट प्रहरी उपरीक्षक एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली बनेको हो ।
समिति प्रहरी निरीक्षक यज्ञराज जोशी र असई गोबिन्द झा सदस्य छन् ।सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएको छ । उनको शव अझै उठाइएको छैन । बिहीबार सिरहामा प्रदर्शनका क्रममा वडाध्यक्षको घर र निजी सम्पत्तिमा आगजनीसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ ।
बिहीबार साँझ करिब २० राउण्ड टियर ग्याँस प्रहार गरेपछि भीड तितरबितर भएको छ ।गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस र गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारस्थित घरमा आगजनी गरिएको छ ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















