पत्रकार गोपाल गुरागाईं र नरेश श्रेष्ठ पुरस्कृत

नवलपुर टुडे
२०८३ साउन ७ | मध्यान्ह ०८:०४ बजे

काठमाडौँ । राजनीतिज्ञ एवं साहित्यकार प्रदीप नेपालको स्मृतिमा स्थापना गरिएको ‘प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोपाल गुरागाईंलाई प्रदान गरिएको छ। समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले गुरागाईंलाई उक्त पुरस्कार प्रदान गरे। सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।
यस्तै, ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ। सो पुरस्कारको राशि रु २५ हजार रहेको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक नेपालले नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएअनुसारको पूर्ण प्रेस स्वतन्त्रतालाई व्यवहारमा उतार्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे।






















