कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा

नवलपुर टुडे
२०८३ असार ३१ | बिहान ११:०३ बजे

कर्णाली । कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। बुधबार बिहान ९ बजे मुख्यमन्त्री यामलाल कँडेलसमक्ष चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालयको संरचना हेरफेर गर्ने तयारी गरेका बेला उनीहरूले असन्तुष्टि जनाउँदै राजीनामा दिएको बुझिएको छ। मन्त्रालयको संरचनामा तलमाथि हुनु हुँदैन भन्ने मन्त्रीहरूको भनाइ थियो।

अन्य मन्त्रीहरूले पनि यो विषयमा क्याबिनेटको साक्षी मात्र नबस्ने भन्ने भएपछि सबैले राजीनामा दिएको ऊर्जा तथा जलस्रोत मन्त्रीका स्वकीय सचिवले बताए।

कमेन्टहरु