नवलपरासीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर टुडे


नवलपरासी । गएराति नवलपरासीमा भएको दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ । सुनवल नगरपालिका- १२ हर्कट्टा बस्ने बर्ष अन्दाजी ६५/७० को रामु रेग्मीको उपचारका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी पुर्याउदा डाक्टरले मृत घोषणा गरेको हो । हाल उनको शव सोही अस्पतालमा राखिएको छ ।
सरावल गाउँपालिका- १ हर्कट्टास्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु २ ख ४३३ नम्बरको मार्बल लोड गरेको ट्रक बिपरित दिशाबाट जादै गरेको ग १ क २९६५ नम्बरको ट्रकमा ठक्कर खाई अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
लु २ ख ४३३ नमबरको ट्रक चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका- ३ बस्ने बर्ष अन्दाजी ३७ को धर्मराज चमार र ग १ क २९६५ नम्बरको ट्रक चालक जिल्ला रुपन्देही देवदह नगरपालिका- ९ भलुही बस्ने बर्ष अन्दाजी ३५ को किसान खड्का दुबै जना ट्रक चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















