मालदह आँपको मूल्य बढ्यो

रासस


धनुषा, असार २१। मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।
दुई साताअघिसम्म रु १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिल प्रतिकेजी रु १०० मा भइरहेको छ । किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरुले भने मूल्य नपाएको किसानको गुनासो छ ।
मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताउनुभयो ।
उहाँले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो । आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन् ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















