रास्वपाको पदाधिकारी निर्वाचित गर्ने मतदान सुरु हुन सकेन

नवलपुर टुडे
२०८३ असार १२ | बिहान ०६:०३ बजे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा पदाधिकारी निर्वाचित गर्ने निर्वाचन कार्यक्रममा मतदान अझै सुरु हुन सकेको छैन । बिहीबार अपराह्न ४ बजेबाट नै सुरु हुने भनिएको मतदान शुक्रबार बिहान ६ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
उमेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ । विद्युतीय मेसिनमा नाम इन्ट्रीका लागि रास्वपाले सूची बिहान ६ बजेसम्म उपलब्ध गराएको छैन । यसले सहमतिको प्रयास आन्तरिक रूपमा भइरहेको संकेत गरेको छ । एउटै पदका लागि धेरै आकांक्षी भएकाले नेतृत्वलाई सहमति मै पधाधिकारी टुंगो लगाउन पनि चुनौती देखिएको छ । त्यसैले उमेदवारी दर्ताको काम भने चलिरहेको छ ।
९९ सदस्यीय केन्द्रीय समिति भने बिहीबार नै चयन भइसकेको छ ।























