सिन्धुपाल्चोकमा दुई करोड ६९ लाखबराबरको भेपसहित एकजना समातिए

नवलपुर टुडे


सिन्धुपाल्चोक । दुई करोड ६९ लाख ५० हजार रुपैयाँबराबरको भेप (विद्युतीय चुरोट)सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
सोमबार (असार ८) बेलुका करिब ५ः३० बजे उनी सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै थिए । उनी प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जीपमा सवार थिए ।
सोही गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सात हजार ७०० थान भेपसहित बाह्रबिसे–१०, खाग्दलबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेसी शाहले जानकारी दिए ।
थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ । उनको साथबाट उक्त भेप र गाडी बरामद गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















