दुर्घटना

टिपर दुर्घटनामा चालकको मृत्यु

रासस
२०८३ असार ८ | मध्यान्ह १२:०३ बजे

तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरा उपचारको क्रममा आज मृत्यु भएको हो ।

कमेन्टहरु