लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु

एजेन्सी


बेरुत । लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा ५ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायल र इरान समर्थित हिज्बुल्लाहबिच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भए पनि आक्रमण भएको हो ।
राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार मध्यरातपछि र शनिबार बिहानसम्म दक्षिण लेबनानका नाबातीह क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो । सो क्षेत्रमा तोपखानाबाट पनि गोलाबारी भएको जनाइएको छ ।
शुक्रबार मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा ४७ जनाको मृत्यु भएको बताएको थियो । त्यसैदिन इजरायली सेनाले लेबनानमा १५० भन्दा बढी आक्रमण गरेको दाबी गरेको थियो
यसैबिच, अमेरिका र कतारी मध्यस्थकर्ताहरूको पहलमा इजरायल–हिज्बुल्लाहबीच तत्काल युद्धविराम भएको घोषणा गरिएको थियो । तर पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता देखिएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















