मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

नवलपुर टुडे
२०८३ असार ५ | मध्यान्ह ०२:०३ बजे

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद आरेन राईले जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखेको १८ तोला सुन चोरी भएकामा उपभोक्ता मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए । बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा कुनै गम्भीर प्रकृतिको घटना भएमा मात्र समय माग गरेर बोल्न आग्रह गरेका थिए ।






















