बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता

एजेन्सी


लन्डन । बेलायत र जापानले करिब १८ अर्ब पाउन्ड बराबरको लगानी सम्झौता गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले यस सम्झौताले दुई देशबिच सहकार्यको नयाँ युग सुरु गर्ने बताएका छन् ।
प्रधानमन्त्री स्टार्मरले आइतबार लन्डनमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गरेका थिए । बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार जापानी कम्पनीहरूले बेलायतको पूर्वाधार तथा वित्तीय सेवा क्षेत्रमा ९ अर्ब पाउन्डभन्दा बढी र समुद्री वायु ऊर्जा परियोजनामा थप ९ अर्ब पाउन्डसम्म लगानी गर्नेछन् ।
सरकारका अनुसार यसबाट बेलायतमा आगामी वर्षहरूमा दशौँ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यद्यपि घोषणा गरिएका रकममध्ये कति नयाँ लगानी हो र कति पहिले नै घोषणा भइसकेका योजनाहरू हुन भन्ने विषय स्पष्ट गरिएको छैन । भेटका क्रममा दुवै नेताले जापानी व्यवसायीहरूसँग पनि छलफल गरेका थिए । त्यसपछि स्टार्मरले वार्तालाई अत्यन्त फलदायी भएको बताएका छन् ।
यसैबिच, बेलायत, जापान र इटालीको संयुक्त साझेदारीमा विकास भइरहेको ग्लोबल कम्ब्याट एयर प्रोग्राम (जीक्याप) लडाकु विमान परियोजनाप्रति दुवै देशले पुनः प्रतिबद्धता जनाएको पनि घोषणा गरिएको छ ।
ऊर्जा तथा प्रविधि क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ। बेलायती कम्पनी रोल्स–रोयसले जापानको आणविक ऊर्जा एजेन्सीसँग मिलेर नयाँ पुस्ताको आणविक प्रविधि विकास गर्नेछ । साथै बेलायती अनुसन्धान, सफ्टवेयर विकास तथा जापानी उत्पादन क्षमताबीच सहकार्य बढाउने प्रविधि सम्झौता पनि भएको छ ।
बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार जापानी कम्पनीहरू मित्सुबिसी एस्टेट, मित्सुई फुडोसान र नोमुरा रियल एस्टेट लगायतले आगामी पाँच वर्षमा पूर्वाधार र घरजग्गा परियोजनाहरूमा अर्बौँ पाउन्ड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















