खेलकुद, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बडिमालिकामा तेस्रो वि.व्य.स. अध्यक्ष खसीकप भलिबल आयोजना सम्पन्न

उमेश रोकाया
२०८३ जेष्ठ ३० | मध्यान्ह ११:०२ बजे

बाजुरा, जेठ ३० । बाजुरा जिल्ला हिमाली गाउँपालिका -६ धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक विधालयमा विधालय व्यवस्थापन समिति अध्यक्ष खसीकप कार्यक्रम सम्पन्न गरिएको छ । तेस्रो विधालय व्यवस्थापन समिति अध्यक्ष खसीकप खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिम समावेश गरिएको थियो ।

उक्त टिममा दुई वटा टिम छात्रा तीन वटा टिम छात्र र एक टिम शिक्षक सहित खेलाडीहरु खेल भएको हो । छात्र टिम प्रथम पुरस्कार खसी, दोस्रो स्थानलाई भाले र तेस्रो स्थान आउने भलिबल खेलाडीहरुलाई फुरुटी पुरस्कार प्रदान गरिएको विधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बताउनुभयो ।

आफू विधालय व्यवस्थापन समिति अध्यक्ष भएको वर्षदेखि अध्यक्ष तथा खसीकप खुल्ला भलिबल कार्यक्रम प्रत्येक वर्ष निरन्तर गर्ने गरेको छ् । भने यो वर्षमा विधालयमा राम्रो भलिबल प्रतियोगिता कार्यक्रम गरेर सम्पन्न गरेको छ । यसले विद्यार्थी पढाई प्रभावकारी मात्र नभई खेलकुद क्षेत्रमा एउटा विधा राम्रो गर्नका लागि यो कार्यक्रम गर्ने गरिन्छ ।

विद्यार्थी जीवन खेलकुद निकै आवश्यक देखेर विधालयमा अध्यक्ष खसीकप खुल्ला भलिबल आयोजना गरिएको हो । आगामी दिनहरुमा पहिला भन्दा राम्रो गर्दै अगाडि बढ्ने भएको छ । जतिको खेलकुद क्षेत्रहरूमा चासो त्योभन्दा बढी विद्यार्थी पढाई मध्यनजर राखेर विधालयमा जाने गरेको उनले बताएका छन ।

कमेन्टहरु