बिश्व

अमेरिका र इरान युद्ध अन्त्यका लागि सम्झौता नजिक, हर्मुज जलमार्ग पुनः खुल्ने

एजेन्सी
२०८३ जेष्ठ ३० | बिहान १०:०२ बजे

वाशिङ्गटन डीसी । इरान र संयुक्त राज्य अमेरिकाबीच जारी सैन्य तनाव अन्त्यका लागि एउटा ऐतिहासिक सम्झौता हुने तयारी अन्तिम चरणमा पुगेको छ। यस सम्झौतासँगै विश्वकै रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने इरानले जनाएको छ।

रानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनसँग कुरा गर्दै अमेरिकासँगको सम्झौतामा इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको बताए । अराघचीका अनुसार, हर्मुज जलमार्ग खुला गर्ने र सैन्य तनाव कम गर्ने सहमति भए पनि इरानको आणविक कार्यक्रमका बारेमा भने पछिल्लो चरणमा मात्र वार्ता हुनेछ।

अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही विवरणहरूको पुष्टि गरेका छन्। उनीहरूले इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेमा मात्र आर्थिक लाभ र नाकाबन्दी हटाउने प्रक्रिया अघि बढ्ने बताएका छन्।

यो तनाव गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो। सोही क्रममा इरानले विश्वको तेल र ग्यास ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग बन्द गरिदिएको थियो, जसले विश्व बजारमा ठुलो हलचल ल्याएको थियो।

कमेन्टहरु