फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबीचको रोमान्चक खेल बराबरीमा समाप्त

नवलपुर टुडे


क्यानडा । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको सुरुवातमा भ्रमणकारी टोली बोस्नियाले अग्रता लिएको थियो । २१औं मिनेटमा जोभो लुकिचले उत्कृष्ट हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको क्यानडाले दोस्रो हाफमा खेलमा फर्कन निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको उत्तरार्धमा घरेलु टोलीले पुनरागमन गर्यो । ७९औं मिनेटमा क्यानडाका काइल लारिनले उत्कृष्ट बल कन्ट्रोलका साथ गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै सकियो । यस बराबरीसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।
अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेबाट सुरु हुने तालिका रहेको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















