जासुसी गरेको आशङ्कामा चीनमा एक अमेरिकी अनुसन्धानकर्ता पक्राउ

एजेन्सी


बेइजिङ । चीनले जासुसी गरेको आशङ्कामा एक अमेरिकी अनुसन्धानकर्तालाई पक्राउ गरेको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार उक्त व्यक्तिलाई ‘जासुसी’ गरेको तथा ‘राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको’ आरोपमा नियन्त्रणमा लिइएको पुष्टि गरेको हो ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मिन जिनमाथि आपराधिक अनुसन्धानअन्तर्गत कारबाही भइरहेको र उनको पक्राउबारे ग्वाङझाउस्थित अमेरिकी महावाणिज्य दूतावासलाई जानकारी गराइएको बताए ।
सन् २०२१ को सैनिक ‘कू’ पछि गृहयुद्धमा फसेको म्यानमारसम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ताको गिरफ्तारी चीन–अमेरिका सम्बन्ध सुधारको प्रयास भइरहेका बेला भएको हो । यसैबिच म्यानमारका राष्ट्रपति मिन आङ ह्लाइङ जुन १५ देखि १९ सम्म चीन भ्रमणमा जाने कार्यक्रम सार्वजनिक भएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















