विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

नवलपुर टुडे


काठमाडौं, जेठ २८। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ शहर आयोजकका रूपमा रहेका छन् । उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ ।
घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ । रोचक पक्ष के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति जस्तै बनेको छ । दक्षिण अफ्रिकामा भएको त्यस विश्वकपको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले सिफिवे शाबालालाको गोलमार्फत अग्रता लिए पनि मेक्सिकोका कप्तान राफायल मार्केजले बराबरी गोल गर्दै खेल १–१ मा टुंगिएको थियो ।
यता दक्षिण अफ्रिका अफ्रिकी छनोटको समूह ‘सी’ विजेता बनेर विश्वकपमा पुगेको हो । टोलीका प्रशिक्षक हुगो ब्रुस ले मेक्सिको समूहकै बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम मिनेटसम्म प्रत्येक बलका लागि संघर्ष गर्ने बताएका छन् ।
दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेना ले उद्घाटन खेलप्रति टोली निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । विश्वकपमा खेल्नु प्रत्येक खेलाडीको सपना भएको भन्दै उनले स्वदेशका समर्थकका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । दक्षिण अफ्रिकाको खेलअघि सुखद खबर पनि पाएको छ । ह्यामस्ट्रिङ चोटबाट पीडित लेफ्ट–ब्याक अउब्रे मोडिबा पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ ।
मेक्सिकोको टोलीबाट रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेजले खेल्नेछन भने दक्षिण अफ्रिकाको टोलीबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिसले खेल्ने तालिका तय भएको छ ।
भरिभराउ रंगशाला, विश्वभरका करोडौं दर्शक र नयाँ इतिहास लेखिने अपेक्षाबीच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पर्दा उठ्दैछ । मेक्सिकोले घरेलु समर्थकसामु विजयी सुरुआत गर्ने प्रयास गर्नेछ भने दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमै उल्टो नतिजा निकाल्ने लक्ष्य राखेको छ । न्यूज बैंक

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















