रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

एजेन्सी


बाजुरा । हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ ।
हिमाली गाउँपालिका–३ को रानीसैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानीसैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले कुटपिट गरेको घटना जेठ ५ गते बाहिरिएपछि उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी बस्ने भएको हो ।
रानीसैनमा जेठ ३ गते भएको घटनाको विषयमा उक्त क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि गृह सचिवस्तरको बैठकको निर्णयानुसार अस्थायी रूपमा ‘बिओपी’र प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ ।
रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयले कुटपिट गरी वडा सदस्य पेमागारा गुरुङ, स्थानीय घाइते हुनेमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं ३ का वडासदस्य ३४ वर्षीय पेमागारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मीनु कुँवर, प्रहरी चौकी विच्छ्या कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते भएका थिए ।

हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















