महोत्तरीमा दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

नवलपुर टुडे


महोत्तरी । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै आयो ।
तर चौथो साता सुरु भएसँगै प्रत्येक रात केहीबेर सघन वर्षा भएपछि दिनभरिको चर्को गर्मीले सर्वसाधारण बताउँछन् । “गर्मी त खपीनसक्नु बढेको छ, तर गत शुक्रबारयता प्रत्येक रात वर्षा हुँदै आएको छ, यसले निकै राहत मिलेको छ”, गौशाला–१ रामनगरका ६५ वर्षीय गणेश महतो भन्छन्, “निरन्तरको वर्षाले बालीनालीलाई निकै राहत मिलेको छ ।”
शुक्रबारयता रातिको वर्षाले खेतबारीमा प्रशस्त चिस्यान भएपछि यहाँका किसान धमाधम धानको ब्याड राख्न थालेका छन् । “वर्षा दिनहुँ भए पनि हिले ब्याड भने राख्न पाइएको छैन, तर माटोमा प्रशस्त चिस्यान भएको हुँदा धुले ब्याड राख्यौँ”, बर्दिबास–६ कृष्णपुरका ६० वर्षीय किसान रघु काफ्ले भन्छन्, “दिनभरि अचाक्ली गर्मी भए पनि प्रत्येक रातको वर्षाले खेतीपातीलाई सजिलो बनाएको हुँदा राहत मिलेको छ । किसानले यही वर्षाबीच धानसँगै कोदोको ब्याड पनि धमाधम राख्दैछन् ।”
यसैगरी उखु, मकै र तरकारीबालीलाई पछिल्लो वर्षा अमृत भएको किसान बताउँछन् । पानी नपरी हिउँद बित्दा पानीका स्रोतका मुहान चाँडै सुक्दा बालीनाली लगाउन नपाइने चिन्तामा थिए । त्यसमा पनि जारी जेठको तेस्रो साता सुरु भएसँगै दिनभरि ३८/३९ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहने गरेको छ ।
जेठ तेस्रो साताको अन्त्यतिर त गर्मीले गर्दा जिल्लाका स्थानीयतहले धमाधम विद्यालय बन्दको घोषणा गर्ने लहर नै चल्यो । तर चौथो साता लागेपछि प्रत्येक रात पर्ने पानीले मौसममा केही सुधार ल्याएसँगै बन्द गरिएका विद्यालय सोमबारदेखि सञ्चालन हुन थालेका बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रमण निरौलाले जानकारी दिए।
पछिल्लो पटक दिनहुँजसो राति केहीबेर पानी पर्दै आएपछि यहाँका सर्वसाधारणमा पानीका स्रोतका मुहान अब चाँडै रसाउने आश पलाएको छ । “दिनहुँजसो पानी पर्दैछ, अब इनार, चापाकल र नदी, खोल्साखोल्सी र नदीका मुहानमा पानी रसाउने आस बढेको छ”, भङ्गाहा–४ रामनगरका किसान कुशेश्वर यादव भन्छन्, “मुहान चाँडै रसाइदिए खानेपानीको समस्या नपर्ने र खेतीपातीलाई आवश्यक सिँचाइ गर्न पाइने विश्वास बढेको छ ।”

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















