त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

नवलपुर टुडे
२०८३ जेष्ठ २२ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो।
“परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एण्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ”, उनले भने।



















