Opens in a new tab

इन्जिनियर दिनेश जयसवाल भन्छन् : ‘राजनीति मेरो पेसा होइन, सेवा

नन्द किशोर कुर्मी (लालु)

7.8KShares

सारांश

  • इन्जिनियर दिनेश कुमार जयसवालले कृष्णनगरको समृद्धिका लागि शिक्षित, युवा र योजनाबद्ध नेतृत्वको आवश्यकतामा जोड दिनुभएको छ।
  • उहाँले कृष्णनगर, बहादुरगञ्ज र झिंगहा बजारको व्यवस्थित विकास, व्यापार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकता बताउनुभएको छ।
  • राजनीतिलाई पेसा नभई सेवाको रूपमा लिँदै स्थानीय स्रोतसाधनको उचित उपयोगबाट नागरिकको आयआर्जन बढाउनुपर्ने उहाँको धारणा छ।
dida bag ad

कृष्णनगर । इन्जिनियर दिनेश कुमार जयसवालले कृष्णनगर नगरपालिकाको आर्थिक विकास र समृद्धिका लागि शिक्षित, युवा तथा योजनाबद्ध नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।नगरको आर्थिक अवस्था सुधार गर्न कृष्णनगर, बहादुरगञ्ज र झिंगहा लगायतका बजारको व्यवस्थित विकास, व्यापार प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ।

जयसवालले परम्परागत सोचभन्दा माथि उठेर नयाँ योजना र आधुनिक अवधारणासहित नगरको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। स्थानीय स्रोतसाधनको उचित उपयोग र व्यवसायमैत्री वातावरण निर्माण गर्न सके नागरिकको आयआर्जन बढ्ने उहाँले बताउनुभयो।
‘राजनीति मेरो पेसा होइन, सेवा हो’ भन्ने धारणा राख्दै जयसवालले कृष्णनगरको समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि सेवामुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभएको छ।