जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

रासस

सारांश
- जुम्लामा उत्पादित अर्गानिक र विषादीरहित स्याउ स्याङ्जाका घरदैलोमै बिक्रीका लागि पुग्न थालेको छ।
- विदेशी स्याउभन्दा सस्तो र स्वादिलो भएका कारण यो स्याउ उपभोक्ताको पहिलो रोजाइमा परेको छ।
- घरदैलोमै प्रतिकेजी १५० रुपैयाँमा स्याउ पाइने भएपछि दैनिक सयौँ पेटी बिक्री हुने गरेको छ।

स्याङ्जा । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो ।
बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यवसायी गौरीलाल सञ्ज्यालले बताए ।
सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आएका छन् ।
“जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो”, उनले भने, “स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्याउन थालेका हौँ ।”
उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी रु १५० का दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उहाँले बताए । एकपटक किन्नुभएका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उनले बताए ।
“एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रो पटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो”, उनले भने, “बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अर्ग्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ ।”
घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यवसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















