तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य तीव्र

रासस
२०८३ जेष्ठ २० | मध्यान्ह १२:०२ बजे

दमौली (तनहुँ), जेठ २०। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो ।आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ ।






















