मौसम

आज यी प्रदेशमा हुनेछ वर्षा

नवलपुर टुडे
२०८३ जेष्ठ १८ | बिहान ०६:०२ बजे

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहने पूर्वानुमान छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालनजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको  विभागले प्रस्ट पारेको छ ।

कमेन्टहरु