मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सरकारी तथा सार्वजनिक जग्गामा रहेको अतिक्रमण हटाउन अनुरोध

उमेश रोकाया
२०८३ बैशाख २६ | मध्यान्ह ०९:०१ बजे

बाजुरा , बैशाख २६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका सरकारी तथा सार्वजनिक जग्गामा रहेको अतिक्रमण हटाउने अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको चलानी नम्बर १६४३ मिति २०८३।०१।२२ गतेको प्राप्त पत्रानुसार नेपाल सरकारबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय (१००) कार्यसूचीको बुँदा नं. ९२ बमोजिम सरकारी तथा सार्वजनिक जग्गामा रहेको अतिक्रमण हटाउने सम्बन्धमा देहाय बमोजिम गरी गराई सरंकारी/सार्वजिनक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा मुख्य भुमिका तथा सहयोग गरिदिनुहुन अनुरोध छ ।

आफ्नो कार्यक्षेत्रमा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घर परिवारमध्ये वास्तविक सुकुम्बासी पहिचान गर्ने । वास्तविक पहिचान गरिएका सुकुम्बासीलाई तत्काल अन्यत्र व्यवस्थापन सुरक्षित आवास, स्वस्थ खानपान, गोपनियताको संरक्षण, औषधी उपचार तथा परामर्श, महिला तथा अपाङ्गमैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगाएत योजनाको तयारी गर्ने ।

वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने योजना सहित आवश्यक सुरक्षा प्रवन्धका लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

कमेन्टहरु