देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

नवलपुर टुडे


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।महाशाखाका अनुसार विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार तराईदेखि पहाड तथा हिमाली भूभागसम्म वर्षाको प्रभाव देखिने अनुमान गरिएको हो ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छभने रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्नेछ ।
पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिनेछ । यी क्षेत्रमा विशेषगरी बेलुका र रातिको समयमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
पश्चिमी क्षेत्रका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा दिउँसो हल्का वर्षा भए पनि रातिको समयमा आंशिक बदली रहने सम्भावना छ । यी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम देखिएको छ । मौसमविद् सरोज पुढासैनीले हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बदली भई वर्षाको अवस्था बनेको बताए। विभागले मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा


मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
अरुपनि पढ्नुहोस
सबै
राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
















