अवकाशमा अघि बिदा बस्ने तयारी गरेका सशस्त्रका आईजीपी अर्यालको बिदा स्वीकृत भएन्

नवलपुर टुडे
२०८३ बैशाख १३ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले अवकाशअघि बिदा बस्न खोजेका छन् । एक हप्तापछि वैशाख १८ मा सशस्त्र प्रहरी बलको आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका आईजीपी अर्यालले बिदाका लागि निवेदन दिएका छन् ।
गत साता नै अर्यालयले गृह मन्त्रालयमा बिदाका लागि निवेदन दिएका हुन् । तर, उनको बिदा भने स्वीकृत भएको छैन । शनिबारदेखि उपत्यकाका सुकुम्वासी बस्ती हटाउने सरकारको योजना रहेकाले उनको बिदा स्वीकृत नभएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
अर्यालपछि सशस्त्र प्रहरीको आईजीपीका लागि एआईजीद्वय नारायणदत्त पौडल, वंशी दाहाल प्रतिस्पर्धामा छन् ।





















