सितेरियो कराँते संघ चितवनको साधारणसभा सम्पन्न : १२ जनालाई सम्मान

नवलपुर टुडे


चितवन । नेपाल सितेरियो कराँते संघ चितवन शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आज (शनिबार) भरतपुर १० स्थित संघको ट्रेनिङ हलमा भएको हो ।
साधारण सभाले संघलाई स्थापनाकालदेखि सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । आजको कार्यक्रमकाबीच संघलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका भिम बहादुर गुरुङलाई सम्मान गरेको छ ।
संघको भवन निर्माणमा २२ लाख २ हजार ४९७ रुपैँया सहयोग गरेका कराते महासंघ बाग्मती प्रदेश अध्यक्ष तथा चितवनका संस्थापक गगन लामा, २१ लाख ८५ हजार ५७५ रुपैँया सहयोग गरेका गरेका पूर्ण कुमार डंगोल र एक लाख ६ हजार रुपैँया सहयोग गरेका गरेका हेमन्त पाख्रीन सम्मानित भएका छन् ।
यस्तै संघले चितवन जिल्ला खेलकुद विकास समिति, रत्न कुमार मानन्धर, छविरमण तिमिल्सिना, चित्र बहादुर रानामगर, पूर्ण सिं लामा, संगम जोशीलगायतलाई पनि सम्मान गरेको छ । उनीहरुले पनि संघको भवन निर्माणमा नगद तथा जिन्सी सहयोग गरेका थिए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाललगायतले सम्मान गरे । यसैबीच साधारण सभाले संघको प्रगति तथा आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । कार्यक्रम संघका अध्यक्ष चित्रबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















