लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

रासस
२०८३ बैशाख ४ | मध्यान्ह ०२:०१ बजे

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ ।स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ ।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।

















