राजनीति

रास्वपाले टुंग्यायो संसदीय समितिका सभापतिका उम्मेदवार (सूचीसहित)

नवलपुर टुडे
२०८३ बैशाख ३ | मध्यान्ह ०४:०१ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ । बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका लागि उम्मेदवार तय गरेको हो ।

पार्टीका एक सांसदका अनुसार प्रस्तावित नामहरू बैठकबाट अनुमोदनसमेत गरिएको छ । रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई प्राथमिकता दिएको जनाएको छ ।

यस्तै, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरिएको छ । प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन शुक्रबारका लागि तय गरिएको छ ।

suchi

 

 

 

कमेन्टहरु