आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र भद्दा नाटक होः अध्यक्ष ओली

नवलपुर टुडे


काठमाडौं,चैत १२। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गरेका छन्।बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।
उनले कतै ठाउँ नपाएपछि नमिल्ने दफा प्रयोग गरेर प्रतिवेदन ल्याइएको भन्दै यो आयोगको कू–कर्म भएको आरोप लगाए ।
ओलीले प्रधानमन्त्री पदमै बसेका व्यक्तिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै यस्तो गतिविधि अत्यन्त स्तरहीन रहेको प्रतिक्रिया दिए।
ओलीले बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति झल्काउनेगरीे प्रतिवेदन आएको आरोप लगाउँदै यसलाई निन्दनीय, खेदजनक र अस्वीकार्य भएको बताए ।
उनले भने,‘छानविन गर्ने र मुद्दा चलाउने सिफरिस गरेको छ । दफा १८१ र १८२ घट्ना स्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घट्ना प्रत्यक्ष रुपमा घटाएको हुनुपर्छ । अनि मात्र लापरवाही गरेर ज्यान गयो भन्ने हुन्छ । प्रधानमन्त्रीले न गोली चलाउँछ न आदेश दिन्छ । यो कानुनी हिसाबले सिफारिस गर्नै नमिल्ने कुरा हो । न्यायाधीश भइसकेको मान्छेले यति कुरा नबुझ्ने भन्ने छैन् । यो बद्नाम गर्ने ,चरित्र हत्या गर्ने र घृणाको राजनीति प्रकट भएको मात्र हो त्यसैले यो निन्दनीय,खेदजनक र अस्वीकार्य छ ।’ न्युज बैंक

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















