तस्कर

रसुवाबाट एम्बुलेन्समा ल्याउदै गरेकाे हर्माेनाईजेसन नामक चिनियाँ चुराेटसहित मानिस नियन्त्रणमा

नवलपुर टुडे
२०८२ चैत्र ७ | मध्यान्ह ०७:१२ बजे

रसुवा । जिल्लाकाे उतरगया गाउँपालिका वडा नम्बर ५ वेत्रावतिस्थित पासाङल्हामु सडक खण्डमा विषेश सुराकिकाे आधारमा नेपाल प्रहरीले  एम्बुलेन्समा ल्याउदै गरेकाे ७० लाख ९२ हजार वरावरकाे हर्माेनाईजेसन नामक चिनियाँ चुराेटसहित मानिसलाई नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक रमेश रायका अनुसार चैत ६ गते करिव ८ वजेकाे समयमा उतरगया गा,पा ५ वेत्रावति स्थित पासाङल्हामु राजमार्ग सडकखण्डवाट अवैध रूपकाे चिनियाँ चुराेट एम्बुलेन्सवाट अेासारपसार हुदैछ भन्ने सुचनाकाे आघारमा बेत्रावति प्रहरी चाैकिबाट खटिएको प्रहरी टाेलिले खानतलासी गर्दा रसुवाकाे आमाछाेदिङमाे गा,पा ३ गत्लाङ स्वास्थ्य चाैकिकाे एम्बुलेन्स रहेकाे र उक्त एम्बुलेन्सका चालक साेहि गाउँ बस्ने ४३ वर्षका दावा तामाङले चलाएकाे बागमति प्रदेश ०१००२ झ ७४२६ नम्बरकाे एम्बुलेन्स तथा उक्त एम्बुलेन्समा सवार व्यक्तिहरूलाई खानतलासी गर्दा एम्बुलेन्सकाे पछाडि र अगाडिकाे भागमा छिपाई ल्याएकाे अवस्थामा फेला परेकाे हाे ।

यस्तै पक्राउ पर्नेमा आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङ वस्ने ४३ वर्षिय दावा नुर्पु तामाङ चालक,वडा नम्बर ५ बस्ने २७ वर्षिय मार्कुस तामाङ,वडा नम्बर ५ वस्ने ३२ वर्षिय सुशील तामाङ,वडा नम्बर ५ काे ३६ वर्षिय सुनिता तामाङ रहेका छन । एम्बुलेन्ससहित हर्माेनाईजेसन नामक चिनियाँ चुराेट र उक्त मानिसहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे सुचना अधिकारी रायले जानकारी दिनुभयाे ।चिनियाँ चुराेट ३ हजार ९ सय ४० वट्टा रहेकाे छ

 

 

 

कमेन्टहरु