रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी

नवलपुर टुडे


रौतहट, फागनु २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतले पछाडि पार्दै उहाँ विजयी हुनु भएको हो ।
रास्वपा उम्मेदवार पौडेलले ३६ हजार ८७६ मत ल्याउनुभएको छ भने काँग्रेसका उम्मेदवार तिमल्सिनाले १५ हजार ८६५ मत ल्याउनु भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले नौ हजार ७७८ र नेकपा एमालेका उम्मेदवार रामजीसाह सोनारले तीन हजार ४७८ मत हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत ढोडारीले जानकारी दिनुभयो ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















