महोत्तर–१ मा रास्वपाका महतो निर्वाचित

नवलपुर टुडे


बर्दीबास, फागुन २३ गते । महोत्तरी क्षेत्र नम्बर–१ बाट चौतीस हजार ६३६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।
उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजामणि पोखरेललाई २२ हजार १२ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
पोखरेलले १२ हजार ६२४ मतमात्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका लक्षमी महतो कोइरीले ६ हजार ५९१ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका मुकेश काफलेले छ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन परिणामको घोषणा लगत्तै बर्दीबासमा गोरखापत्रसँग संक्षिप्त कुरा गरा गर्दै नव निर्वाचित सांसद महतोले अब जनताको भावना र चाहना अनुसार क्षेत्र नं. १ मा बिकासको गतिलाई अघि बढाउने बताउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल एक लाख ५ हजार ६४६ मतदाता रहेको क्षेत्र नं. १ मा ६७ हजार १९७ मत खसेकोमा ६३ हजार २४३ मत सदर र तीन हजार ९५४ मत बदर भएको छ ।

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

धान काट्न व्यस्त छन् इलामका किसान

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ
अरुपनि पढ्नुहोस
सबै
छठ पर्वमा मधेशका विभिन्न घाटमा पुगे कांग्रेस सभापति गगन थापा

छठ पर्वलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसँग विजय यादवको माग


पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
















